एजेन्सी
नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा ७ हजार २४० जना कोरोनाका नयाँ संक्रमित पाइएका छन् । केही दिनयता भारतमा संक्रमित निरन्तर बढिरहेका छन् । सिने क्षेत्रका चर्चित कलाकारसमेत संक्रमणको चपेटामा परेको भारतीय संचार माध्यमले जनाएका छन् ।
योसमेत भारतमा बिहीबारसम्म सक्रिय संक्रमितको संख्या ३२ हजार ८९८ पुगेको छ ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो दिनको तुलनमा बुधबार मध्यरातिसम्म ४१ प्रतिशत संक्रमित बढेका हुन् ।
त्यसैगरी यो अवधिमा ३ हजार ३९१ जना संक्रमित निको भएका छन भने हालसम्म संक्रमित हुनेको सं्रख्या ४ करोड २६ लाख ४० हजार ३०१ पुगेको छ । अहिले कोरोना निको हुने दर ९८ दशमलव ७१ प्रतिशत रहेको छ ।
भारतमा हालसम्म ८५ करोड ३८ लाख जनाको कोरोना परीक्षण भएको छ । त्यसैगरी हालसम्म एक अर्ब ९४ करोड ५९ लाख ८१ हजार ६९१ हजार कोरोनाविरुद्धको खोप लगाइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij