Logo

२०८३, मंसिर ८ गते सोमवार

२०८३, मंसिर ८ गते सोमवार

ऋण तिर्दैमा कार्यकाल सकिने अवस्था आयो : मुख्यमन्त्री शाही

ऋण तिर्दैमा कार्यकाल सकिने अवस्था आयो : मुख्यमन्त्री शाही

  • 431
    SHARES
  • ऋण तिर्दैमा कार्यकाल सकिने अवस्था आयो : मुख्यमन्त्री शाही

    काठमाडौं । प्रदेश सरकार स्थापना भएदेखिको ऋण तिर्दा नै कार्यकाल सकिने अवस्था आएको कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए । नीति तथा कार्यक्रममाथि प्रदेशसभाका सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शाहीले पुरानो ऋण तिनु आफ्नो दायित्व भएको बताए ।

    जथाभावी योजना बनाई काम गराएका कारण अहिले ऋण तिर्न हम्मे हम्मे भएको उनले बताए । अहिले असन्तुलित बजेट आउने भन्दै मुख्यमन्त्री शाहीले भने, ‘हिजोका दिनमा बजेट जथाभावी बाँडिएका कारण अहिले बजेटमा सन्तुलन मिलाउन नसकिने अवस्था छ ।’

    नीति तथा कार्यक्रममा भएका कुराहरू नै अबको बजेटको मूल उद्देश्य हुने उनले बताए । अब  जुनसुकै कार्यक्रमको अनुसन्धान गरेर मात्र कामको थालनी गर्ने योजना रहेको शाहीले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij