Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने प्रचण्ड-नेपाल समूहको निर्णय

प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने प्रचण्ड-नेपाल समूहको निर्णय

  • फाल्गुण १२, २०७७ बुधवार १६:५९ बजे
  • 949
    SHARES
  • प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने प्रचण्ड-नेपाल समूहको निर्णय

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल) पक्षको स्थायी कमिटी बैठक सम्पन्न भएको छ ।

    पेरिसडाँडास्थित तत्कालीन माओवादी केन्द्रको पार्टी कार्यालयमा बसेको उक्त बैठकले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला गरेपछि राजनीतिले लिएको नयाँ मोडबारे छलफल गरेको छ ।

    प्रचण्ड, नेपाल, नारायणकाजी श्रेष्ठलगायत नेता सहभागी बैठकले अब बन्ने सरकारका लागि राजनीतिक दलको समीकरणबारे समेत छलफल गरेको हो । साथै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट नैतिकताका आधारमा राजीनामा दिनुपर्ने निर्णय गरेको प्रचण्ड-नेपाल समूहका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

    ‘हामीले सर्वोच्च अदालतको फैसला आउदादेखि नै उहाँ (ओली)ले राजीनामा दिनुपर्छ भनिरहेका छौं । यस विषयमा हाम्रो पार्टीको स्थायी समिति बैठकले निर्णय गरेको छ,’ श्रेष्ठले भने ।

    प्रचण्ड-नेपाल समूहका नेताहरू अहिले सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा संसदीय दलको नेता कसलाई बनाउने भन्ने विषयमा छलफलमा रहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले वेवटिभी खबरलाई जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij