Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

पर्यटन मन्त्री आलेको भन्छन्– अर्थ मन्त्रीले साढे १० अर्ब बजेट काटिदिए

पर्यटन मन्त्री आलेको भन्छन्– अर्थ मन्त्रीले साढे १० अर्ब बजेट काटिदिए

  • 663
    SHARES
  • पर्यटन मन्त्री आलेको भन्छन्– अर्थ मन्त्रीले साढे १० अर्ब बजेट काटिदिए

    काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालयको साढे १० अर्ब रूपैयाँ बजेट कटौती गरेको गुनासो गरेका छन् । 

    बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री आलेले पटक–पटक आग्रह गर्दा पनि अर्थमन्त्री जनार्दन शर्माले पर्यटन मन्त्रालयको साढे १० अर्ब बजेट काटिदिएको गुनासो गरेका हुन् । 

    बजेट कटौती गरिदिँदा स्थानीय तहसँग गरिएको साझेदारी कार्यक्रम प्रभावित हुने अवस्था सृजना भएको भन्दै उनले  बजेटको आकार बढ्दा पर्यटन मन्त्रालयको भने कटौती गरिएको बताए । 

    बजेटको आकार ९.८ प्रतिशत बढ्ने, तर आफ्नो मन्त्रालयको बजेट भने ठूलो मात्रामा कटौती भएकै कारण पर्यटक भित्र्याउने कतिपय कार्यक्रमहरूलाई निरन्तरता दिन नसकिने उनको भनाइ छ ।

    मन्त्री आलेले ६ महिनाभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न गरिसक्ने पनि बताएका छन् ।  
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij