काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले राजनीतिका अब्बल खेलाडीहरू आफूहरूसँगै रहेकाले अबको खेल संसदमा गएर खेलिने बताएका छन् । भक्तपुरमा रहेकोे सिटिइभीटीको ३३ र्औ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले कसैले राजीनामा माग्दैमा राजीनामा नदिने दाबी गरे । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन: स्थापनाको फैसला गरेपछिको अहिलेको अवस्थामा प्रधानमन्त्री ओलीले कुनै पनि हालतमा राजीनामा नदिनेसमेत जिकिर गरे ।
‘राजीनामा दिन हामी कायर हो ? कुनै पनि हालतमा राजीनामा आउँदैन । प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव फेस गर्नुहुन्छ,’ मन्त्री श्रेष्ठले भने । उनले सर्वोच्च अदालतले गरेको निर्णयलाई आफूहरूले सम्मान गर्ने तर यो निर्णयले पार्टीमा झन् विवाद बढाएको टिप्पणी गरे ।
मन्त्री, श्रेष्ठले एकदुई जना नेता पार्टीबाट बाहिरिँदैमा नेकपा नसकिने बताउँदै फुटबल क्षेत्रका अबबल खेलाडीहरू पेले, म्यारोडोना, मेस्सी र रोनाल्डाजस्तै राजनीतिमा अब्बल खेलाडीहरू आफूहरूकै पक्षको पार्टीमा रहेकाले अबको खेल संसदमा खेलिने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij