Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

गम्भीर खडेरीको सामना गर्ने शीर्ष २३ देशभित्र पाकिस्तान

गम्भीर खडेरीको सामना गर्ने शीर्ष २३ देशभित्र पाकिस्तान

  • 512
    SHARES
  • गम्भीर खडेरीको सामना गर्ने शीर्ष २३ देशभित्र पाकिस्तान

    एजेन्सी, इस्लामाबाद । पाकिस्तान गम्भीर खडेरीबाट प्रभावित शीर्ष २३ देशहमध्ये एक बनेको छ । देशको जलवायु परिवर्तन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो ।

    विश्व मरुभूमिकरण र खडेरी दिवसको सन्दर्भमा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सन् २०२५ सम्ममा खडेरीले विश्वको लगभग तीन चौथाई जनसंख्यालाई असर गर्ने भविष्यवाणी गरिएको छ ।

    मानव र वातावरणीय कारण मरुभूमिकरणले पाकिस्तानलाई हानी गरेको छ । जसका कारण वातावरणीय ह्रास, माटोको उर्वरतामा कमी, जैविक विविधताको हानी र भूमिको उत्पादकत्वमा कमी आएको हो ।

    ठूलो वन फँडानी र मानवजन्य गतिविधिहरूले समस्यालाई झनै विकराल बनाएको जनाइएको छ । पाकिस्तानमा मानिसहरूले पानीको अभाव झेलेका र लामो समयको गर्मीका कारण देशभरका नदीहरू सुक्न थालेका जनाइएको छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij