वेबटिभी खबर
फाइल तस्बिर
काठमाडौं । अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) का बारेमा संसदीय समितिमा जवाफ दिन नआएका प्रधानमन्त्री शेरबहादुर देउवाले सोही विषयमा छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक बोलाएका छन् ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अहिले सत्तागठबन्धनका शीर्ष नेताहरूबीच छलफल भइरहेकाे छ । आइतबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा प्रधानमन्त्री देउवा नआएको भन्दै विपक्षी दलका सांसदहरूले चर्को आलोचना गरेका थिए ।
सत्तारूढ दलकै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललेसमेत प्रधानमन्त्री देउवाले अमेरिका भ्रमण र एसपीपीबारे जवाफ दिनुपर्ने माग गर्दै आएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij