वेबटिभी खबर
हुम्ला । गर्मी मौसममा देखापर्ने ठेउला रोग हुम्लामा देखापरेको छ । उत्तरी नाम्खा गाउँपालिका-४ स्थित याल्वाङ गाउँको महाबौद्ध माध्यमिक विद्यालयका छात्राबासमा बस्ने विद्यार्थीहरूमा यस्तो समस्य देखिएको हो ।
५७ जना विद्यार्थीहरूमा ठेउला जस्तो लक्षण देखिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताए । जाँच र परीक्षणका लागि नमुना संकलन कार्य भइसकेको उनले बताए ।
पालिकाको स्वास्थ्य टिम र जिल्लाबाट गएको टिम संयुक्तरूपमा उपचारका लागि खटिएको उनले जानकारी दिए । संकलन गरिएको नमुना सुर्खेत आज लगिने सिंहको भनाइ छ । कस्तो प्रकारको ठेउला हो भन्ने नमुना जाँच पछि मात्र भन्न सकिने उनले बताए ।
सदरमुकाम सिमकोटबाट दुई दिन हिँडेर मात्र रोग प्रभावित गाउँमा पुग्न सकिन्छ । पाक्ने ,चिलाउने , फोका उठेको ठाउँमा खाल्डो पर्ने भएकाले ठेउला नै हो भन्ने एकीन नभएको नाक्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij