Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

कांग्रेस सांसद डा.संग्रौलाले पेस गरिन् जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव

कांग्रेस सांसद डा.संग्रौलाले पेस गरिन् जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव

  • 593
    SHARES
  • कांग्रेस सांसद डा.संग्रौलाले पेस गरिन् जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव

    काठमाडाैं । प्रतिनिधिसभामा बाढीपहिरोको जोखिम न्यूनीकरणका लागि जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस गरिएको छ । सत्तारुढ नेपाली कांग्रेसकी सांसद डा.डिला संग्रौला पन्तले सोमबार संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेकी हुन् ।

    देवप्रसाद तिमिल्सिना र प्रकाश रसाइली स्नेही समर्थक रहेको प्रस्तावमा बाढीपहिरोको जोखिम अध्ययन गरी न्यूनीकरणमा ध्यान दिन आवश्यक रहेको उल्लेख गरिएको छ ।

    हरेक वर्ष बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपबाट पाठ सिकेर सरकारले त्यसका आधारमा न्यूनीकरणका लागि समयमै आवश्यक तयारीका लागि छलफल गर्न आवश्यक रहेको सांसद डा.संग्राैलाको भनाइ छ ।

    नेपालमा हरेक वर्ष वर्षायाममा बाढीपहिरो, चट्याङ तथा डुबानका कारण धनजनको क्षति हुने गरेको छ । गृह मन्त्रालयको तथ्यांकअनुसार २०७७ सालमा पहिरोमा परी १८३ जनाको ज्यान गएको थियो । 

    पहिरोका कारण ६०२ परिवार विस्थापित भएका थिए भने चट्याङका कारण ६१ जनाको मृत्यु भएको थियो । बाढीका कारण ५३ जनाले ज्यान गुमाएका थिए । 

    संसद्मा पेस गरिएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा यस वर्ष बाढीपहिरोबाट २० लाख जनसंख्या प्रभावित हुने आँकलन गरिएको छ । ‘बाढीपहिरोबाट १९ लाख ९९ हजार ९ सय ७५ जनसंख्या र ४ लाख २१ हजार ४७ परिवार प्रभावित हुने आकलन गरिएको छ,’ प्रस्तावमा उल्लेख छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij