Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

सुत्केरी तथा नवजात शिशुको स्वास्थ्य अवस्था परीक्षण गर्न पोषण कोसेली कार्यक्रम

सुत्केरी तथा नवजात शिशुको स्वास्थ्य अवस्था परीक्षण गर्न पोषण कोसेली कार्यक्रम

  • 592
    SHARES
  • सुत्केरी तथा नवजात शिशुको स्वास्थ्य अवस्था परीक्षण गर्न पोषण कोसेली कार्यक्रम

    हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले स्वास्थ्यकर्मीसहित सुत्केरी महिला तथा नवजात शिशुको स्वास्थ्य अवस्था परीक्षण गर्न पोषण कोसेलीसहित भेटघाट कार्यक्रम सुरु गरेको छ ।

    उपमहानगरपालिकाका प्रमुख मीना लामाले महिला तथा तथा बालबालिकालाई प्राथमिकतामा राखेर उक्त कार्यक्रमको सुरुवात गरेकी हुन् ।

    उपमहानगरप्रमुख लामाका अनुसार गर्भवती महिलाको स्वास्थ्य जाँच तथा आमा र बच्चाको स्वास्थ्य अवस्था पहिचान गर्न नगर क्षेत्रका सम्पूर्ण गर्भवती महिलालाई कम्तीमा एक पटक निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गरिएको छ ।

    भिडियो एक्सरे सेवाबाट हालसम्म ९६ गर्भवतीले सेवा लिएका छन् । यस्तै, उपमहानगरपालिकाको समेत समन्वय र सहयोगमा हेटौंडा अस्पतालमा सुरु गरिएको मिर्गौला डायलासिस सेवा हेटौंडा अस्पतालमा चालु रहेको बताइएको छ ।

    हाल उक्त केन्द्रमा ८ वटा डायलासिस मेसिन खरिद गरिएको तथ्यांकमा उल्लेख छ । प्रमुख लामाले हेटौंडा उपमहानगरले सीमान्तकृत, लोपोन्मुख समुदाय र आर्थिकरूपमा अतिविपन्न १२८ परिवारको स्वास्थ्य बिमासमेत गरिदिएको जानकारी दिइन् ।

    हेटौंडा उपमहानगरपालिकाले आधारभूत तथा आकस्मिक सेवाको सुनिश्चिताको लागि नगरका सम्पूर्ण स्वास्थ्य संस्थामा नेपाल सरकारद्वारा निःशुल्क वितरण गर्ने औषधि सहज र सरलरुपमा उपलब्ध गराउँदै आएको उल्लेख गरिएको छ ।

    दीर्घ तथा नसर्ने रोगबाट घरमै ओछ्यानमा थलिएर रहेका बिरामी व्यक्तिलाई लक्षित गरी प्रत्येक वडामा रहेका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीको परिचालनबाट उपचार र सहयोगको कार्यक्रम सञ्चालन गरिदै आएको जनाइएको छ । जसबाट हालसम्म १६ जना सेवाग्राहीले सेवा पाएका छन् ।

    महिलामा बढ्दो क्रममा रहेको स्तन तथा पाठेघर क्यान्सरजस्ता घातक रोगको पहिचानका लागि आर्थिक वर्ष २०७८/०७९ मा नगरको तीन स्थानमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको जनाइएको छ ।

    हेटौंडाको हर्नामाडी स्वास्थ्यचौकी, ज्यामिरे सहरी स्वास्थ्य केन्द्र, हटिया सहरी स्वास्थ्य प्रवद्र्घन केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको थियो । स्वास्थ्य शिविरमा ३७० महिलाहरुले सेवा लिएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij