वेबटिभी खबर
नयाँ दिल्ली । विश्वको ५८ देशमा फैलिएको मंकीपक्स विश्वव्यापी स्वास्थ्य प्रकोप बनेको जनाउँदै विश्व स्वास्थ्य सञ्जाल (डब्ल्युएचएन) ले सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ । हालसम्म विश्वभरि यो रोगका तीन हजार ४१७ जना बिरामी फेला परेका छन् ।
कोभिड–१९ को जोखिमविरुद्ध गठन भएको स्वास्थ्य वैज्ञानिकको गठबन्धनले मंकीपक्सको प्रकोपलाई विश्वव्यापी चिन्ताको विषय भएको बताउँदै त्यसलाई सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको हो ।
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का प्रमुखले ३२ देशमा मंकीपक्सका जीवाणु फैलिएका कारण अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपतकालीन समितिको बैठक भएको केही दिनपछि डब्ल्युएचएनले स्वास्थ्य आपतकाल घोषणा गरेको अधिकारीहरूले बताएका छन् ।
डब्ल्युएचएनका पदाधिकारीको बैठक बुधबार हुने र बैठकमा प्रकोपबाट जोगिन उच्च सतर्कता अपनाउनेलगायत नियन्त्रणात्मक उपायबारे छलफल हुने बताइएको छ ।
रोगको प्रकोप कुनै एक देश वा क्षेत्रमा सीमिति नभएकाले त्यसविरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता परेको स्वास्थ्य क्षेत्रका जानकारहरूले बताएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij