Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

मन्त्री फेर्ने निर्णयमा नेकपा एस अडिग

मन्त्री फेर्ने निर्णयमा नेकपा एस अडिग

  • 406
    SHARES
  • मन्त्री फेर्ने निर्णयमा नेकपा एस अडिग

    काठमाडौं । नेकपा एकिकृत समाजवादीले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्री परिवर्तन गर्ने निर्णय सार्वजनिक गरेको लामै अवधि हुँदा पनि कार्यान्वयन भएको छैन् । उक्त निर्णयमा पार्टीभित्रै असन्तुष्टिहरु पनि आएका छन् ।

    पार्टीको केन्द्रीय कार्यालय तीनकुनेमा शुक्रबार बसेको पोलिटव्युरो बैठकमा पनि मन्त्री परिवर्तनका कुराले राम्रै स्थान पायो । नेकपा एसले मन्त्री फेर्ने आफ्नो निर्णयलाई कायम राखेको छ । बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले मन्त्री परिवर्तन गर्ने पार्टीको निर्णयमा कुनै परिवर्तन नहुने बताएका छन् ।

    मन्त्री हेरफेरमा असन्तुष्टि जनाउँदै केही नेताले पार्टी अध्यक्षलाई पत्र बुझाएपनि पार्टीको निर्णयमा कुनै परिवर्तन नहुने खतिवडाले स्पष्ट पारे । शनिबार बस्ने बैठकमा यस बिषयमा पार्टी अध्यक्ष माधवकुमार नेपालले थप प्रष्ट पार्ने र मन्त्री परिवर्तन गर्ने यसअघिको निर्णय परिवर्तन नहुने खुलाए ।

    प्रधानमन्त्रीले समय दिन नभ्याएकाले मन्त्री हेरफेर र सपथग्रहण हुन नसकेको उनको भनाइ छ । 

    यसैगरी आसन्न संघीय र प्रदेश निर्वाचनमा पनि गठबन्धन कायम रहने बैठकमा अध्यक्ष नेपालले बताएको खतिवडाले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij