वेबटिभी खबर
काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पनि पदबाट राजीनामा दिने भएकी छन् । राजीनामाबारे जानकारी दिन ५ बजे पत्रकार सम्मेलन आयोजना गरिएको सचिवालयले जानकारी दिएकाे छ ।
विनियोजन विधेयकबारे आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको संसदमा जवाफ दिए लगत्तै झाँक्रीले राजीनामा घोषणा गर्न लागेकी हुन् ।
पर्यटनमन्त्री प्रेम आलेले यसअघि नै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाइसकेका छन् । उनले पनि केहीबेरमा पत्रकार सम्मेलन गर्दैछन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij