Logo

२०७९, श्रावण २९ गते आइतवार

२०७९, श्रावण २९ गते आइतवार

झापाका २ हजार ३४३ उम्मेदवारले अझै बुझाएनन् निर्वाचन खर्च विवरण

झापाका २ हजार ३४३ उम्मेदवारले अझै बुझाएनन् निर्वाचन खर्च विवरण

  • 145
    SHARES
  • झापाका २ हजार ३४३ उम्मेदवारले अझै बुझाएनन् निर्वाचन खर्च विवरण

    काठमाडौं । स्थानीय तह निर्वाचन भएको डेढ महिना वितिसक्दासमेत झापाका २ हजार ३४३ उम्मेदवारले निर्वाचन खर्च विवरण अझै बुझाएका छैनन् ।

    जिल्लाका १५ वटा स्थानीय तह र जिल्ला समन्वय समितिमा गरि २ हजार ८६३ जनाले उम्मेदवारी दर्ता गरेका थिए । जसमध्ये हालसम्म ५२० जनाले मात्र खर्चको विवरण बुझाएको निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रेम न्यौपानेले बताए ।

    उनले वैशाख ३० गते भएको निर्वाचनको मतपरिणाम घोषणा भएको १ महिनाभित्रमा निर्वाचन खर्च बुझाउनु पर्ने भएता पनि अझै नबुझाएको जानकारी दिए ।

    उनले जिसस बाहेकका सबै उम्मेदवारहरुले विवरण बुझाउन म्याद समेत सकिन लागेको बताए । सूचना अधिकारी न्यौपानेले तोकिएको समय भित्र ठूला दलहरुले बुझाए पनि निर्वाचनमा पराजित हुने र स्वतन्त्रबाट उम्मेदवार बनेकाहरूको विवरण आउन बाँकी रहेको बताए ।

    उनले हाल मतदाता नामावली दर्ता गर्नेहरुको कार्यालयमा भीड भएका कारण कुन पालिकाका कतिले बुझाए भन्ने तथ्यांक छुट्याउन नसकेको बताए ।

    उनका अनुसार नगर प्रमुख, उपप्रमुख पदका उम्मेदवार बनेकाहरूले ४ लाख ५० हजार, वडाध्यक्षलगायतले २ लाख  र गाउँपालिका अध्यक्ष, उपाध्यक्षले ३ लाख ५० हजार र अन्यले १ लाख ५० हजारसम्म खर्च गर्न पाइने आयोगले व्यवस्था गरेका थियो ।

    आयोगले तोकेको समयमा निर्वाचन खर्च नबुझाउने व्यक्तिलाई आगामी कुनै पनि निर्वाचनमा उम्मेदवार बन्न नपाउने गरि कारवाही गर्न सक्ने प्रावधान छ ।

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology