वेबटिभी खबर
काठमाडौं । पार्टी घोषणा गरेको एक सातामै नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम निष्कासित भएका छन् । उनलाई नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध चार दलले ५ बुँदे आरोप लगाउँदै निष्कासन गरेको हुन् ।
अभियानमा आबद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताको शनिबार बसेकाे बैठकले गौतमलाई निष्कासन गर्ने निर्णय गरेको हो ।
गत असार ११ गतेगौतमको नेतृत्वमा नेकपा एकता राष्ट्रिय अभियानलाई दलको रुपमा अघि बढाउने निर्णय भएकाे थियाे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij