Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

बाक्सिला र बुइपा इलेभेन स्पोर्ट्स क्लब जिल्ला लिग फुटबलमा च्याम्पियन

बाक्सिला र बुइपा इलेभेन स्पोर्ट्स क्लब जिल्ला लिग फुटबलमा च्याम्पियन

  • 744
    SHARES
  • बाक्सिला र बुइपा इलेभेन स्पोर्ट्स क्लब जिल्ला लिग फुटबलमा च्याम्पियन

    खोटाङ । जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत (ए) डिभिजनमा बाक्सिला फुटबल क्लब र (बी) डिभिजनमा बुइपा इलेभेन स्पोर्ट्स क्लब च्याम्पियन बनेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपाको राजाबासस्थित यलम्बर खेलमैदानमा शनिबार सम्पन्न जिल्ला लिगको (ए) डिभिजनतर्फ ११ अंकसहित बाक्सिला फुटबल क्लब लिग च्याम्पियन बनेको हो । 

    images

    (ए) डिभिजन लिगका विजेता क्लबले प्रदेशस्तरीय लिगमा प्रतिस्पर्धा गर्न पाउने आयोजक जिल्ला फुटबल संघका प्रवक्ता सनम राई (जोजो)ले जानकारी दिए । यस्तै १० अंकसहित सोल्मा स्पोर्ट्स क्लब रनरअप र नौ अंकसहित खारम्बु स्पोर्ट्स क्लब तेस्रो भएको आयोजकले जनाएको छ । 

    खोटाङ भगवती स्पोर्ट्स र हलेसी तुवाचुङ फुटबल क्लबले पाँच/पाँच अंकसहित (ए) डिभिजनमा आफ्नो स्थान कायम राखेका छन् । (९) डिभिजनमा रहेको खोटाङ फुटबल एकेडेमी भने (बी) डिभिजनमा ओर्लिएको छ ।

    यही वैशाख ११ गतेदेखि सुरु भएको प्रतियोगितामा (बी) डिभिजनतर्फ नौ अंकसहित बुइपा इलेभेन स्पोर्ट्स क्लब लिग च्याम्पियन बनेको छ । प्राप्त अंकका आधारमा बुइपा इलेभेन स्पोर्ट्स क्लब (बी) डिभिजनमा उक्लिन सफल भएको छ । 

    चार अंकसहित जन्तेढुंगा फुटबल क्लब दोस्रो र तीन अंकसहित नमूना स्पोर्ट्स क्लब तेस्रो भएको प्रवक्ता राईले बताए । (बी) डिभिजन लिगमा नुनथला फुटबल क्लबले एक अंक मात्र प्राप्त गरेको जनाइएको छ ।

    जिल्ला लिगमा (ए) डिभिजनतर्फ छ क्लब र (बी) डिभिजनमा चार क्लबबीच प्रतिस्पर्धा भएको थियो । गत वर्षको लिगमा प्राप्त गरेको अंकका आधारमा जिल्लाका छ क्लब (ए) र चार क्लब (बी) डिभिजनमा परेका थिए । 

    अखिल नेपाल फुटबल संघ (एन्फा) को सदस्यस्ता प्राप्त भएसँगै खोटाङमा विसं २०७६ देखि जिल्ला लिग फुटबल प्रतियोगिता सुरु गरिएको जिल्ला फुटबल संघका अध्यक्ष ध्रुवविक्रम राईले बताए ।

    एन्फाको सदस्यता प्राप्त गरेसँगै जिल्ला फुटबल संघले जिल्लाकै इतिहासमा पहिलोपल्ट विसं २०७६ मा जिल्ला लिग फुटबल प्रतियोगिताको आयोजना गरेको थियो ।  

    विसं २०५९ देखि एन्फाको सदस्यता लिन प्रयास गरेको खोटाङलाई विसं २०७५ मा अस्थायी र विसं २०७७ मा स्थायी सदस्यता प्राप्त भएको थियो । पूर्वी पहाडी जिल्ला खोटाङले एन्फाको सदस्यता पाएसँगै फुटबल खेल क्षेत्रको विकासले गति लिने अपेक्षा गरिएको छ । 

    दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय फुटबल खेललाई प्राथमिकतामा राखेर हरेक स्थानीय तहमा खेलमैदान निर्माण तथा प्रशिक्षणको व्यवस्था मिलाइएको छ । हरेक स्थानीय तहमा एक÷एकवटा पालिकास्तरीय तथा हरेक वडामा वडास्तरीय खेल गराउने मिल्ने गरी खेलमैदान निर्माण गरिएको हो । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology