Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

पहिरोका कारण दुईवटा बस्ती उच्च जोखिममा

पहिरोका कारण दुईवटा बस्ती उच्च जोखिममा

  • 378
    SHARES
  • पहिरोका कारण दुईवटा बस्ती उच्च जोखिममा

    लमजुङ । लमजुङमा बाढीपहिरोले २१ घर उच्च जोखिममा परेको छ । क्व्होलासोंथर गाउँपालिका-६ पसगाउँ उपल्लो टोल पहिरोको जोखिममा परेका हुन् ।

    वडाध्यक्ष मनलाल गुरुङले भने, ‘१५ गते ठूलो वर्षापछि पहिरो गएको थियो, सो पश्चात् पटक पटक थप पहिरो जाँदा बस्ती नजिकै आइपुग्दा घरहरू जोखिममा परेको छ ।’

    वडा कार्यालयका अनुसार भिरालो जमिनमा बस्ती रहेकाले झन् बढी जोखिम रहेको छ । निर्माणाधीन ग्राभेल सडक बगैंचा पसगाउँ सिङ्दी सडक नै भासिएर पहिरो गएको र घरमाथिका गह्राहरू सबै चिराचिरा परेकाले जुनसुकै बेला पनि पहिरा जाने सक्ने सम्भावना भएको वडाध्यक्षले बताए ।

    पहिरोले बस्ती जोखिम बनाएका बारे गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरीलगायत सम्बन्धित निकाय सबैलाई खबर गरिसकेको वडाध्यक्ष गुरुङको भनाइ छ ।

    यहाँ दैनिक जसो पानी परिरहँदा स्थानीयहरू भने त्रसित हुने गरेका छन् । उक्त घरका १५० भन्दा बढी स्थानीय पहिराको चिन्तामा छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij