Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

मुसहर समुदायका युवायुवतीले बालविवाह नगर्ने

मुसहर समुदायका युवायुवतीले बालविवाह नगर्ने

  • 432
    SHARES
  • मुसहर समुदायका युवायुवतीले बालविवाह नगर्ने

    सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाका मुसहर समुदायका युवायुवतीले बालविवाह नगर्ने प्रतिबद्वता जनाएका छन् ।

    पोखरियामा लैङ्गिक रूपान्तरणका लागि सामाजिक मूल्य, मान्यता र व्यवहार परिवर्तन विषयक कार्यक्रममा वडा नं-४ पोखरियाका मुसहर समुदायका युवायुवतीले बालविवाह नगर्ने प्रतिबद्वता जनाएको वडाध्यक्ष सञ्जीवसिंह दनुवारले जानकारी दिइन् ।

    मुसहर महिला सशक्तीकरण मञ्चमा आबद्व भएपछि आफूहरूमा क्षमता विकास र सशक्तीकरणको चेतना वृद्वि हुँदै आएको भन्दै उनीहरूले अब बालविवाह नगर्ने जनाएका हुन् ।

    मासिक बचत्त संकलन गर्दै आएका त्यहाँका बालबालिकाले आफूहरूलाई कमाएको जति सबै खाएर उडाउने समुदाय भनेर आरोप लाग्ने गरेकामा अब समुदायमा नयाँ तरंग ल्याउने बताए । आफूहरूले मासिक गर्ने बैठकको भत्तासमेत बैंकमा खाता खोलेर जम्मा गर्दै आएको समूहकी अगुवा सुनिता माझी (मुसहर)ले बताइन् ।

    आफ्नो समुदायको सशक्तीकरणमा लगानी गर्न स्थानीय सरकारसँग आग्रह गर्दै आएको, आफ्नो समुदाय तथा घरपरिवारका सदस्यको खराब व्यवहार सुधारका लागि विभिन्न समयमा तालिम लिने गरेको र तालिममा सिकेका कुरा व्यवहारमा लागू गरिने उनको भनाइ छ ।

    अगुवा माझीका अनुसार सशक्तीकरण मञ्चका सदस्यका परिवारलाई पनि व्यवहार परिवर्तन र सशक्तीकरणका विषयमा समयसमयमा तालिम दिने गरिएको छ ।

    वडाध्यक्ष दनुवारले मुसहर बालबालिकाको जन्म दर्ता गराउन सहयोग गर्ने, दलित विद्यार्थीलाई विद्यालयमा पठाउने वातावरण तयार गर्न वडा कार्यालयले गर्नसक्ने सबै गर्ने बताइन्। सर्लाहीको दलित तथा मुसहर समुदाय लैंगिक समानता र सामाजिक समावेशीकरणका क्षेत्रमा अझै निकै पछाडि परेको छ ।

    असमानताको खाडललाई कम गर्न घरपरिवारदेखि नै परिवर्तनको सुरुआत गर्नुपर्दछ भन्ने उद्देश्यले सामाजिक मूल्य, मान्यता र व्यवहार परिवर्तन गर्न समयसमयमा तालिम आवश्यक पर्ने साप नेपालका कार्यक्रम संयोजक जनक कार्कीले बताए ।

    उनका अनुसार जिल्लाका ४ स्थानीय निकायका १५० घरपरिवारका ७५० माझी मुसहरलाई लैंगिक रूपान्तरणका लागि सामाजिक व्यवहार परिवर्तन तथा मूल्य मान्यता सम्बन्धी तालिम दिइ सकिएको छ ।

    मुसहर समुदाय गरिबी, अशिक्षा, चेतनाको कमीका कारण हरेक क्षेत्रमा पिछडिएका अगुवा पचुलाल माझीले बताए ।

    बालविवाह, मद्यपान तथा धूमपान, दाइजो प्रथा, जातीय छुवाछूत र विभिन्न सामाजिक मूल्य मान्यता आदिका कारण आर्थिक र सामाजिकरूपमा मुसहर समुदाय कमजोर रहेकाले खराब बानी व्यवहार हटाएर राम्रो कामको सुरुआत गर्नुपर्ने उनको भनाइ छ ।

    जिल्लाको बरथहवा, हरिपुर, बसबरीया र चन्द्रनगर गाउँपालिकामा मुसहर समुदायलाई समय–समयमा तालिम सञ्चालन हुँदै आएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij