Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

राप्रपाले गर्यो देशभरका जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन

राप्रपाले गर्यो देशभरका जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन

  • 646
    SHARES
  • राप्रपाले गर्यो देशभरका जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना र घेराउ गरेको छ ।

    राप्रपाले प्रधानमन्त्रीलाई पेस गरेको २२ बुँदे ज्ञापनपत्र सम्बोधनका लागि दबाब दिन शुक्रबा देशभर नै सानाठूला प्रदर्शन सहित ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा घेराउ र धर्ना दिएको हो ।

    गत असार १ गते प्रधानमन्त्रीलाई राजनीतिक मागका अतिरिक्त जनजीविकासँग सम्बन्धित विविध २२ बुँदे माग सहितको ज्ञापनपत्र पेस गरेको थियो ।

    सो माग पुरा गराउन दबाब दिने उद्देश्यले राप्रपा असार १३ गतेदेखि आन्दोलित छ । यसक्रममा राप्रपाले असार १३ गते किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन माग गर्दै ७७ वटै जिल्लाका कृषि ज्ञान केन्द्रमा ज्ञापनपत्र र धर्ना दिएको थियो ।

    यसैगरी असार १७ गते साँझ देशका सबै जिल्ला सदरमुकाममा राँके जुलुस गरेको थियो । असार १९ गते राप्रपा आबद्ध ट्रेड युनियनले श्रमिकको उचित ज्याला र श्रमिकको जीवन बिमाको व्यवस्था हुनुपर्ने भन्दै श्रममन्त्रीको ध्यानाकर्षण गराएको राप्रपाले जनाएको छ ।

    सोही कार्यक्रमको निरन्तरता स्वरूप असार २४ गते  भ्रष्टाचार नियन्त्रणको माग सहित देशका सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा घेराउ र धर्ना दिएको छ ।

    राप्रपाको विद्यार्थी संगठनले असार २७ गते देशका सबै विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन र कक्षा १२ सम्मको अध्ययन निःशुल्क गराउन माग गर्दै शिक्षामन्त्रीलाई  र असार ३१ गते महिला संगठनले महिला हिंसाका घटना बारे महिला, बालबालिका मन्त्रीलाई विविध कार्यक्रमसहित ज्ञापनपत्र पेस गर्ने कार्यक्रम तय गरेकाे छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij