Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

पाकिस्तानमा बस दुर्घटना, ११ जनाको मृत्यु

पाकिस्तानमा बस दुर्घटना, ११ जनाको मृत्यु

  • 374
    SHARES
  • पाकिस्तानमा बस दुर्घटना, ११ जनाको मृत्यु

    एजेन्सी, इस्लामाबाद । पाकिस्तानमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । 

    उत्तरपश्चिम पाकिस्तानमा मंगलबार पहाडी सडकबाट बस चिप्लिएर खाल्डोमा खस्दा कम्तीमा ११ जना आन्तरिक पर्यटकको मृत्यु हुनुका साथै दुई जना घाइते भएका हुन् । 

    खैबर पख्तुनख्वा प्रान्तको स्वात उपत्यकाको गेबिन जब्बा नजिकैको रमणीय लालको उपत्यकामा सो दुर्घटना भएको हो । मृत्यु भएका ११ व्यक्ति स्वात उपत्यकाको मट्टा तहसीलका बासिन्दा भएको बताइएको छ । उनीहरू यात्रापछि घर फर्किने क्रममा दुर्घटनामा परेका थिए ।

    पुराना सडक, चालकको लापरबाही आदि कारणले पाकिस्तानमा बारम्बार सडक दुर्घटना हुने गरेका छन् ।
    दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij