Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै

आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै

  • 505
    SHARES
  • आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी छ ।

    उक्त बैठक सकिनेबित्तिकै बालुवाटारमै मन्त्रिपरिषद्को बैठक बस्न लागेका प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

    मन्त्रिपरिषद् बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद थप तथा यसका पदाधिकारीहरूबारे निर्णय लिने स्रोतले जनाएको छ ।

    दुवै आयोग र आयोगका पदाधिकारीको कार्यकाल असार मसान्तमा सकिँदैछ ।

    यसैगरी उपसभामुख निर्वाचन लगायतविषयमा पनि छलफल हुने जनाइएकाे छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij