Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

निमोनिया भएर (केटो)को मृत्यु

निमोनिया भएर (केटो)को मृत्यु

  • 349
    SHARES
  • निमोनिया भएर (केटो)को मृत्यु

    चितवन । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को अमलटारी सेक्टरबाट उद्वार गरिएको गैंडाको बच्चा (केटो)को मृत्यु भएको छ ।

    करिब एक हप्ता अगाडि अमलटारीबाट उद्वार गरेर सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रमा लगिएको केटोको निमोनियाका कारण मृत्यु भएको जनाइएको हो ।

    कोषका भेटेरिनरी चिकित्सक डा.अमीर सडौलाका अनुसार अन्दाजी २२ दिनको भाले बच्चाको बिहीबार मृत्यु भएको हो ।

    ‘एक हप्ताअघि हामीले उद्वार गरेर कोषमा ल्याउँदा नै उक्त केटो अस्वस्थ थियो’, उनले भने, ‘उद्वार गर्ने क्रममा बच्चा कामिरहेको थियो, केटोलाई निमोनिया भएको हामीले अनुमान गरेका थियौं ।’

    मृत्युपछि गरिएको पोष्टमार्टम रिपोर्टमा पनि निमोनियाका कारण निधन देखिएको चिकित्सक सडौलाले जानकारी दिए । बिरामी भएर हिँड्न नसकेपछि त्यो केटोलाई आमाले छाडेको हुनसक्ने कोषको अनुमान छ ।

    ‘हामीले यहाँ ल्याउँदा नै उ कामिरहेको थियो’, उनले भने, ‘तर हामीले बचाउन सक्छौं कि भनेर सक्दो कोसिस गरिरहेका थियौं ।’ माउसँग छुटेका गैंडाका साना बच्चा बचाउन एकदमै मुस्किल हुने गरेको कोषका प्रमुख डा.बाबुराम लामिछानेले बताए ।

    अमलटारीस्थित चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरले एक हप्ताअघि गैंडाको बेवारिसे बच्चा जंगलबाट उद्वार गरेर कोषको जिम्मा लगाएको उनको भनाइ छ ।

    असारको २२ गते गैंडाको बेवारिसे बच्चा देखेका अमलटारी सेक्टरका कर्मचारीले उसकी आमा आएर लिएर जाने आशमा दुई दिनसम्म निगरानीमा राखेका थिए ।

    केटो छोडेर गएको माउ दुई दिनसम्म पनि नआएपछि निकुञ्जको अमलटारी सेक्टरले उद्वार गरेर  राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रमा २४ लगेर उपचार तथा रेखदेख सुरु गरिएको थयो ।

    यसअघि निकुञ्जको विभिन्न स्थानबाट उद्वार गरेर लगिएको पुष्पा र अञ्जली नामका गैंडा कोषको परिसरमा हुर्किरहेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij