वेबटिभी खबर
काठमाडौं । आइसीसी विश्वकप लिग क्रिकेट दुई अन्तर्गत त्रिदेशीय एक दिवसीय सीरीजमा नेपालले टस हारेपछि पहिले ब्याटिङको निम्तो पाएको छ ।
स्कटल्याण्डको ग्लासगोमा स्कटल्याण्डले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो । त्रिदेशीय सीरीजअन्तर्गत स्कटल्याण्डसँग नेपाल दोस्रो पटक भिड्न लागेको हो ।
यसअघि भएको स्कटल्याण्डविरूद्धको पहिलो खेलमा नेपालले जित हासिल गरेको थियो । नेपालले स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको थियो । स्कटल्याण्डविरूद्ध आजको खेलमा नेपालले तीन जना खेलाडी परिवर्तन गरेको छ ।
पवन सर्राफ, आदिल अन्सारी र बसिर अहमदलाई परिवर्तन गरेको हो । पवनको स्थानमा करण केसी, आदिलको स्थानमा विनोद भण्डारी र बसिरको ठाउँमा किशोर महतोले मौका पाएका छन् । किशोरले भने एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यु गर्न लागेका हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij