Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

दिवा खाजा कार्यक्रमबारे केन्द्रकाे निर्देशन

दिवा खाजा कार्यक्रमबारे केन्द्रकाे निर्देशन

  • 2.9K
    SHARES
  • दिवा खाजा कार्यक्रमबारे केन्द्रकाे निर्देशन

    काठमाडाैं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले (योजना तथा अनुगमन शाखा) कक्षा ६ सम्मका बालबालिकालाई दिवा खाजा प्रदान गर्न निर्देशन दिएको छ ।

    केन्द्रले मंगलबार सूचना जारी गरी कार्यक्रम लागू गर्न सबै स्थानीय तहलाई परिपत्र गरेको छ ।

    गत आर्थिक वर्षसम्म बालविकास कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि सञ्चालन हुँदै आएको दिवा खाजा कार्यक्रम चालु आर्थिक वर्षदेखि कक्षा ६ सम्म दिने निर्णय गर्दै बजेट विनियोजन गरेको छ ।

    सोही अनुसार शाखाले साउनदेखि कक्षा ६ मा अध्ययनरत विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम कार्यन्वयनको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

    यससम्बन्धी विस्तृत विवरण कार्यक्रम कार्यन्वयन पुस्तिका, २०७९–८० मा उल्लेख  गरिने सूचनामा उल्लेख छ ।

    media_file-1-1838587909.jpg
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij