Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

रसुवाकाे आयुर्वेद केन्द्रमा प्रयोगशाला सेवा सुरु

रसुवाकाे आयुर्वेद केन्द्रमा प्रयोगशाला सेवा सुरु

  • 481
    SHARES
  • रसुवाकाे आयुर्वेद केन्द्रमा प्रयोगशाला सेवा सुरु

    रसुवा । आयुर्वेद स्वास्थ्य केन्द्र रसुवाले धुञ्चेमा पहिलो पटक प्रयोगशाला सेवा सुरु गरेको छ । दुई दशक अगाडि स्थापित केन्द्रले प्रयोगशालाका साथै सशुल्क उपलब्ध हुने आयुर्वेदिक औषधालयसमेत सञ्चालनमा ल्याएको हो ।

    जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार घिमिरेले बिहीबार केन्द्रको उद्घाटन गरेका छन् । प्रयोगशालामा रगत र दिसापिसाबको परीक्षण गरिने डा.अमूल्य दाहालले जानकारी दिए ।

    केन्द्र सञ्चालक समितिका अध्यक्ष दावा मिङ्मर तामाङका अनुसार प्रयोगशाला सञ्चालनका लागि दक्ष जनशक्ति रहेको र उत्तरी रसुवाका करिब १० हजार बासिन्दालाई सेवा दिने लक्ष्य लिइएको छ ।

    भाडाका घरमा रहेको केन्द्रलाई साविक जिल्ला कृषि विकास कार्यालयको भवनमा व्यवस्थित गराई १५ शय्याको अस्पताल सञ्चालन गराउन आफूले समन्वय गरिरहेको जिसस प्रमुख घिमिरेले बताए ।

    ढिलै भए पनि आयुर्वेद पद्धतिको उपचार रसुवामा प्रभावकारी हुँदै गएको बताउँदै गोसाइँकुण्ड गाउँपालिका वडा नं-६ का वडाध्यक्ष दावासिदार वाइवाले आफूले अस्पताल सञ्चालन गराउने कार्यमा पूर्णरूपले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

    जिल्लामा अब रसुवा अस्पताल र जिल्ला आयुर्वेद केन्द्रसमेतका दुई प्रयोगशाला सेवाले काठमाडौं तथा नुवाकोट त्रिशूलीमा रिफरको समस्या हट्ने विश्वास स्थानीय बासिन्दाले गरेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij