Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

चार बुँदे माग राखेर कर्मचारी आन्दोलित 

चार बुँदे माग राखेर कर्मचारी आन्दोलित 

  • 1.6K
    SHARES
  • चार बुँदे माग राखेर कर्मचारी आन्दोलित 

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारी चार बुँदे माग राखेर आन्दोलनमा उत्रिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनले सोमबारदेखि आन्दोलनमा उत्रिने प्राधिकरण अध्यक्षलाई चेतावनी सहितको पत्र बुझाएको छ ।

    यसअघि पनि आन्दोलनमा उत्रिएका कर्मचारी आफूहरूको माग पूरा नभएको भन्दै सोमबारदेखि फेरि आन्दोलनमा उत्रिन लागेको हो ।

    श्रम नियमावली, २०७५ को नियम ४४ (ख) बमोजिम कर्मचारीलाई पर्याप्त शुद्ध हावा, प्रकाश एवम् उपयुक्त तापक्रमको प्रबन्धसहितको कार्यक्षको व्यवस्था हुनुपर्ने, युनियनको तर्फबाट  गत २ पुसमा बुझाएका माग पूरा हुनुपर्ने, कर्मचारीलाई प्रदान गरिँदै आएको ऋण सापटी सुविधालाई बिमासँग तत्काल आवद्ध गरिनुपर्ने र आधारभूत मापदण्डसमेत पूरा नभएको स्थान/कार्यालयमा प्राधिकरणलाई (प्राधिकरणलाई कमलादीबाट राष्ट्रिय नाँचघरमा) स्थानान्तरण गर्ने निर्णय गर्ने पदाधिकारी/समिति उपर कारबाही हुनुपर्ने युनियनको माग छ ।

    सोमबारदेखि शुक्रबारसम्म प्राधिकरण अध्यक्षको कार्यकक्ष बाहिर धर्ना दिने तथा सम्पूर्ण सदस्यको डिजिटल हस्ताक्षर टोकन संकलन गरि व्यवस्थापनसमक्ष बुझाउने, शुक्रबारसम्म माग पूरा नभए अझै कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने र आन्दोलनको अवधिभर युनियनका कुनै पनि सदस्यहरू काजमा नजाने युनियनले प्राधिकरण अध्यक्षलाई बुझाएको पत्रमा उल्लेख छ ।

    karmachariharu.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij