Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौंमा 

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौंमा 

  • 501
    SHARES
  • अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौंमा 

    काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू दुई दिने नेपाल भ्रमणको सिलसिलामा काठमाडौं आइपुगेका छन् ।

    काठमाडौंस्थित अमेरिकी दूतावासले केही समयअघि मात्र उनी काठमाडौं आइपुगेको जनकारी दिएको हो ।

    ‘यो पटकको भ्रमणका अवसरमा उनले विभिन्न व्यवसायिक, नागरिक, तथा सरकारी नेतृत्वकर्ताहरूसँग नेपाल–अमेरिका बीचको ७५ वर्ष लामो मित्रताका विविध आयाम लगायत दुई देशको आर्थिक विकासप्रतिको प्रतिबद्धता, लोकतन्त्र तथा मानव अधिकार, लगायत विषयमा कुराकानी गर्ने’ अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएको छ ।

    दक्षिण एसियाली मामिलाका सबैभन्दा उच्च तहका कूटनीतिज्ञका रूपमा विविध विषयहरूमा छलफलका गर्न लूले नियमित रूपमा यस क्षेत्रको भ्रमण गर्ने दूतावासले जनाएको छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij