Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

बाघकाे संख्या ३५५

बाघकाे संख्या ३५५

  • 389
    SHARES
  • बाघकाे संख्या ३५५

    काठमाडौं । नेपालमा पछिल्लो समय बाघको संख्या बढेकाे राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएकाे छ ।

    शुक्रबार विश्व बाघ दिवस-२०२२ को अवसरमा विभागले एक कार्यक्रम आयोजना गरेर अहिले नेपालमा बाघको संख्या ३५५ पुगेको जानकारी दिएकाे हाे ।

    राष्ट्रिय बाघ तथा आहार प्रजाति सर्वेक्षण प्रतिवेदन-२०२२ का अनुसार बाघको संख्या चार वर्षमा ५१ प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ । हाल नेपालमा  ३५५ वयस्क बाघ रहेको प्रतिवेदनमा उल्लेख छ ।

    प्रतिवेदनअनुसार पर्सा राष्ट्रिय निकुञ्ज तथा वरपरको वन क्षेत्रमा ४१, चितवन राष्ट्रिय निकुञ्ज तथा वरपरको वन क्षेत्रमा १२८, बाँके राष्ट्रि निकुञ्ज र वरपरको वन क्षेत्रमा २५, बर्दिया राष्ट्रिय निकुञ्ज र वरपरको क्षेत्रमा १२५ र शुक्लाफाँटा लालझाडी जोगबुढाक्षेत्रमा ३६ गरि जम्मा ३५५ बाघ रहेको उल्लेख गरीएको छ ।

    बाघको संख्या एकिन गर्न तराई आर्क ल्याण्डस्केप अन्तर्गतका १५ जिल्लामा अकुपेन्सी सर्वेक्षण गरिएको वन तथा वातावरण मन्त्रालयका सचिव डा.पेमनारायण कँडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    बाघको संख्या एकिन गर्न बाघको बसोबास रहेको क्षेत्र चितवन, पर्सा, बाँके बर्दिया र शुक्लाफाँटा लालझाडी जोगबुढा तीन क्षेत्र विभाजन गरि क्यामेरा ट्रयाप विधिमार्फत सर्वेक्षण गरिएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij