Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

मंकीपक्स भाइरसबाट दुई जनाको मृत्यु

मंकीपक्स भाइरसबाट दुई जनाको मृत्यु

  • 496
    SHARES
  • मंकीपक्स भाइरसबाट दुई जनाको मृत्यु

    एजेन्सी । अफ्रिकाबाहिर पहिलोपटक मंकीपक्स भाइरस संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । ब्रजिलका एकजना ४१ वर्षीय पुरूषको उक्त संक्रमणका कारण मृत्यु भएको हो । ब्राजिलमा अहिलेसम्म १,०६६ जनामा मंकीपक्स पुष्टि भएको छ ।

    त्यस्तै स्पेनले पनि भाइरससँग जोडिएको पहिलो मृत्यु घोषणा गरेको छ । मंकीपक्सबाट मृत्यु भएको युरोपमै पहिलो घटना हो । भाइरसबाट स्पेन सबैभन्दा संक्रमित देशमध्ये एक हो । अहिलेसम्म ४ हजार २९८ जनामा मंकीपक्स देखिएको छ । तीमध्ये १३० जना अस्पताल भर्ना भएका छन् ।

    एक साताअघि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मंकीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको थियो । उनी लिम्फोमा र कमजोर प्रतिरक्षा प्रणालीबाट पीडित भएको  स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    मंकीपक्स भाइरसका कारण मंकीपक्स रोग लाग्छ । विज्ञहरूका अनुसार यो भाइरस बिफर रोग गराउने भाइरसकै वर्गमा पर्छ । संक्रमण भएपछि ठेउलाको जस्तो फोका देखिन्छ । संक्रमित व्यक्तिको  सम्पर्कमा आउने अन्यमा पनि यो भाइरस सर्न सक्छ।

    ज्वरो आउने, टाउको दुख्ने,  ढाड दुख्ने, मांसपेशी दुख्ने जस्ता समस्या यो रोगका मुख्य लक्षण हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij