Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

स्पेनमा मंकीपक्सबाट दोस्रो व्यक्तिको मृत्यु

स्पेनमा मंकीपक्सबाट दोस्रो व्यक्तिको मृत्यु

  • 437
    SHARES
  • स्पेनमा मंकीपक्सबाट दोस्रो व्यक्तिको मृत्यु

    एजेन्सी, म्याड्रिड । स्पेनमा मंकीपक्सबाट दोस्रो व्यक्तिको मृत्यु भएको छ । यसअघि मंकीपक्सबाट एक जनाको मृत्यु भएको थियो । '३ हजार ७५० बिरामीमध्ये १२० जना अस्पताल भर्ना भएका छन् र दुई जनाको मृत्यु भएको छ’ स्पेनको स्वास्थ्य मन्त्रालयले भनेको छ ।

    मृत्यु हुने  ‘दुई युवा पुरुष’ रहेका र दुबै केसहरूमा थप ‘महामारीसम्बन्धी जानकारी’ संकलन गर्न अध्ययन भइरहेको बताएको छ ।

    स्पेनको स्वास्थ्य मन्त्रालयको आपतकालीन र सतर्कता समन्वय केन्द्रका अनुसार स्पेनमा ४ हजार २९८ जना संक्रमित भएका छन् । स्पेन विश्वको सबैभन्दा बढी प्रभावित देशहरू मध्ये एक हो । 

    यसअघि युरोपको अर्को देश ब्राजिलमा मंकीपक्सबाट एक जनाको मृत्यु भएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij