Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

साउदीमा ३४ जना नेपालीले गरे आत्महत्या, एक वर्षमा २०६ जनाले ज्यान गुमाए 

साउदीमा ३४ जना नेपालीले गरे आत्महत्या, एक वर्षमा २०६ जनाले ज्यान गुमाए 

  • 365
    SHARES
  • साउदीमा ३४ जना नेपालीले गरे आत्महत्या, एक वर्षमा २०६ जनाले ज्यान गुमाए 

    काठमाडौं । वैदेशिक रोजगारीका लागि खाडी मुलुक साउदी अरब गएकामध्ये गत आर्थिक वर्षमा २०६ जनाको मृत्यु भएको छ ।

    साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो । 

    मृत्यु भएकामध्ये १८० जनाको शव नेपाल पठाइएको र १८ जनाको साउदी अरबमै अन्तिम संस्कार गरिएको जानकारी दूतावासले दिएको छ । ८ जनाको शव नेपाल पठाउन बाँकी रहेको दूतावासले जनाएको छ ।

    दूतावासका अनुसार मृत्यु भएकाहरुमध्ये ११२ जनाको प्राकृतिक कारण (ह्दयघाट समेत) र ३४ जनाले आत्महत्या गरेका हुन् । 

    यस्तै, ३१ जनाको सडक दुर्घटनामा परी, १४ जनाको कार्य क्षेत्रमा दुर्घटनाका कारण र १४ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो । एक जना नेपालीको भने हत्या भएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij