वेबटिभी खबर
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले मूल्यवृद्धिलगायत जनसरोकारका विषयलाई लिएर काठमाडौंमा वृहत् जनप्रदर्शन कार्यक्रम गरेको छ ।
एमालेले मुलुकमा महंगी, भ्रष्टाचारलगायतका गतिविधि बढेको भन्दै सोको विरोधमा राजधानीका विभिन्न स्थानबाट र्याली सुरु गरेको हो ।
एमाले नेता कृष्णगोपाल श्रेष्ठका अनुसार जनप्रदर्शन अपरान्ह दिउँसो वसन्तपुरमा मिसिएर भित्री शहर प्याफल, नरदेवी, बाङ्गेमुढा, असन, भोटाहिटीहुँदै बसन्तपुरमा पुगेर सभामा परिणत हुनेछ ।
जनप्रदर्शनमा पार्टीका काठमाडौं उपत्यकाका भूगोलका तीन जिल्ला, उपत्यका विशेष प्रदेश र जनवर्गीय संगठनहरूको उपस्थीतिसमेत रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij