Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

क्यारेम खेल प्रतियोगिताका लागि राष्ट्रिय खेलाडीहरू छनोट

क्यारेम खेल प्रतियोगिताका लागि राष्ट्रिय खेलाडीहरू छनोट

  • 492
    SHARES
  • क्यारेम खेल प्रतियोगिताका लागि राष्ट्रिय खेलाडीहरू छनोट

    काठमाडौं । नेपालमा पहिलो पटक क्यारेम खेललाई राष्ट्रिय स्तरमा आधिकारिकता प्रदान गरिएको छ ।

    अल नेपाल क्यारेम एसोसिएशनले राष्ट्रिय खेलाडीहरू छनोट गर्ने क्रममा आयोजना गरेको प्रतियोगितामा अशोक तामाङ प्रथम, सिषेश ढकाल द्वितीय, करण मगर तृतीय र कबिन सुनुवारलाई सान्त्वना पुस्कस्कार प्रदान गरिएको थियो ।

    पुरस्कृत खेलाडीहरूलाई क्रमशः ५० हजार, २५ हजार, १५ हजार र १० हजार नगद रकम पनि प्रदान गरिएको थियो । प्रतियोगितामा भाग लिएका राष्ट्रिय स्तरका ८० प्रतिस्पर्धीमध्ये शेराज अंसारी र क्रान्ति रावललाई पनि सम्मानित गरिएको एसोसिएशनले जनाएको छ।

    आगामी अक्टोबरमा मलेसियामा हुन गइरहेको विश्व कप क्यारेम खेल प्रतियोगितामा नेपालको प्रतिनिधित्व हुने गरी राष्ट्रिय स्तरका ६ देखि ९ जनासम्म खेलाडीलाई पठाउने तयारी थालिएको एसोसिएशनका सल्लाहकार निलेश अधिकारीले जानकारी दिए ।

    उक्त अवसरमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले यस्ता प्रतियोगिताहरुले राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रियजगत्मा विस्तार गर्न सहयोग पुग्ने बताउँदै पर्यटन प्रवर्द्धनमा खेल पर्यटनको महत्वपूर्ण योगदान रहने उल्लेख गरे ।

    कार्यक्रममा विश्व कप क्यारेम एसोसिएशनका महासचिव विवेक देशनारायण, बंगाल स्टेट सिलगुडी भारतका राष्ट्रिय खेलाडी दुर्जेय धोश, डिस्टिक क्यारेम एसोसिएशन पश्चिम बंगालका सचिव सञ्जीव धोस लगायतले विश्व कपमा नेपालले उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरे ।

    अल नेपाल क्यारेम एसोसिएशनकी अध्यक्ष विनिता अर्यालले विश्व कपमा सहभागी हुने नेपाली खेलाडीलाई बधाई तथा शुभकामना दिइन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij