Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

कञ्चनपुरकाे चौधर नदीको बाढी बस्तीमा

कञ्चनपुरकाे चौधर नदीको बाढी बस्तीमा

  • 432
    SHARES
  • कञ्चनपुरकाे चौधर नदीको बाढी बस्तीमा

    महेन्द्रनगर । चौधर नदीको बाढी कञ्चनपुरको बेदकोट नगरपालिका-४ सार्कीपार्की गाउँमा पसेको छ । बाढीले निरन्तर जग्गा कटान गरिरहेको छ ।

    बाढीका कारण बस्ती पूरै जोखिममा भएपछि यहाँका स्थानीयवासी सुरक्षित बासस्थानको खोजीमा छन् । सशस्त्र प्रहरी र स्थानीय अहिले उद्धारमा खटिएका छन् ।

    मंगलबार राति चौधरको बाढी सडक कटान गरी बस्तीमा पसेको स्थानीयले बताएका छन् । उच्च जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरीका गणपति अमरबहादुर ऐरले जानकारी दिए ।

    ऐरका अनुसार बाढीबाट स्थानीय किर्सन भुल, हरिश भुल, रगी भुल, विस्ना भुल, मदन भुल, उत्तरे भुल, दानी भुल, ठेसे भुल, विरमा भुल, छाला प्रशोधन केन्द्र र ज्ञान ज्योति बालविकास केन्द्रको भवन जोखिममा छ । सशस्त्र प्रहरी र स्थानीयवासी अस्थायी तटबन्ध निर्माणमा जुटेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij