Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

मौसमः आज केही स्थानमा भारी वर्षाको सम्भावना

मौसमः आज केही स्थानमा भारी वर्षाको सम्भावना

  • 633
    SHARES
  • मौसमः आज केही स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौं । देशभरको मौसम बुधबार सामान्यदेखि पूर्ण बदली हुने र केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भूभाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेकाले मौसम बदली भएको हो ।

    अहिले सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहि बाँकी प्रदेशमा सामान्य बदली रहेको छ । सुदूरपश्चिम प्रदेशका केही स्थान तथा प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ ।

    बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, बागमती र प्रदेश २ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij