Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

पाँच कारणले चर्चामा 'लाल सिंह चढ्ढा'

पाँच कारणले चर्चामा 'लाल सिंह चढ्ढा'

  • 486
    SHARES
  • पाँच कारणले चर्चामा 'लाल सिंह चढ्ढा'

    एजेन्सी, मुम्बई । बलिउड अभिनेता आमिर खान हालका दिनमा फिल्म ‘लाल सिंह चढ्ढा’का कारण चर्चामा छन् । यो फिल्मका लागि उनी प्रमोसनमा व्यस्त छन् । फिल्ममा आमिरका अलावा करीना कपूर खान र नागा चैतन्यको पनि अभिनय छ । फिल्म आगामी अगष्ट ११ मा रिलिज हुँदैछ ।

    यो फिल्म पाँच कारणले अहिले चर्चामा छ ।

    आमिर काम गर्न चाहँदैन थिए
    आमिर ‘फरेस्ट गम्प’को रिमेकमा प्रमुख भूमिकामा अभिनय गर्न चाहँदैन थिए । एक अन्तर्वार्तामा उनले आफूले दुई वर्षसम्म फिल्मको स्क्रिप्ट नसुनेको खुलाएका छन् । ‘किनकी मलाई लाग्थ्यो कि फरेस्ट गम्प फेरि बनाउनु मुगल–ए–आजम र मदर इण्डियालाई बनाउनु जस्तै हो’, उनले भनेका छन् । तर जब उनले यो स्क्रिप्ट पढे, उनी आफैं प्रमुख भूमिकामा अभिनय गर्न अग्रसर भए ।

    करिना थिइनन् पहिलो च्वाइस
    आमिर फिल्मका लागि अभिनेत्री करिना कपूर खानलाई लिन चाहँदैन थिए । उनी कोही २५ वर्षको युवती फिल्मका लागि छनोट गर्न चाहन्थे । तर पछि उनको विचार फेरियो ।

    फिल्मको कथामा चुहावट
    फिल्मको कथाको चुहावट भइसकेको छ । यो फिल्ममा सन् १९८४ को सिख दंगा र संकटकालको कुरा पनि देखाइएको दाबी गरिएको छ ।

    फिल्मबाट हटाइयो एडल्ट दृश्य
    फिल्मलाई लिएर विरोध भएपछि एडल्ट दृश्य हटाइएको छ । यो कुराको पुष्टि स्वयं आमिरले गरेका छन् । ‘हामी चाहन्छौं कि हाम्रो फिल्म पूरा परिवारका साथ बसेर हेर्न सकियोस् । त्यही कारण फिल्मबाट त्यो दृश्य हटाएका छौं’, आमिरले भनेका छन् ।

    बहिस्कारबारे बोले आमिर
    आमिर फिल्मलाई बहिस्कार गर्नुपर्ने माग प्रति दुःखी छन् । उनले दर्शकले फिल्म हेरेनन् भने आफू धेरै दुःखी हुने बताइसकेका छन् । 


    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij