Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

प्रधानमन्त्री देउवा र नेसपा अध्यक्षद्वयबीचको छलफल सकारात्मक

प्रधानमन्त्री देउवा र नेसपा अध्यक्षद्वयबीचको छलफल सकारात्मक

  • 452
    SHARES
  • प्रधानमन्त्री देउवा र नेसपा अध्यक्षद्वयबीचको छलफल सकारात्मक

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्षद्वय डा.बाबुराम भट्टराई, महेन्द्रराय यादवबीच मंगलबार बालुवाटामा सकारात्मक छलफल भएको छ ।

    यसअघि सत्ता गठबन्धनमा रहेको र पार्टी बिभाजनपछि पनि गठबन्धन मै रहेको जानकारी गराउन नेसपाका अध्यक्षद्वय डा.भट्टराई र यादव प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।

    सोबारे जानकारी गराएपछि अध्यक्षद्वयलाई प्रधानमन्त्री देउवाले भने, ‘मैले पनि तपाईंहरूलाई गठबन्धनमा सामेल गराएर जानुपर्छ भनेर सोचिरहे कै थिएँ । तपाईंहरूलाई गठबन्धनमा सामेल गराउन म सकारात्मक छु ।’

    प्रधानमन्त्री र अध्यक्षद्वयबीच समसामयिक राजनीति, आगामी ४ मंसिरमा हुने संसदीय निर्वाचनमा तालमेलका विषयमा पनि छलफल भएको नेसपाले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij