वेबटिभी खबर
काठमाडौं । झापामा १४ वर्षीया बालिका बलात्कृत भएकी छिन् । ती बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले ताप्लेजुङ फुङलिङ नगरपालिका-९ का २० वर्षीय दिपेश बिकलाई पक्राउ गरेको छ ।
उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । झापा अर्जुनधारा नगरपालिका-११ नयाँ बसपार्कस्थित ताप्लेजुङ-पाँचथर होटल एण्ड लजमा साउन १८ गते राति दिपेशले ती बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
बलात्कार गरेपछि दिपेशले ती बालिकालाई विवाह गर्छु भनी आफ्नै घरमा लगेर राखेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij