Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

एन्फा कार्यसमिति बैठक बिहीबार बस्ने

एन्फा कार्यसमिति बैठक बिहीबार बस्ने

  • 334
    SHARES
  • एन्फा कार्यसमिति बैठक बिहीबार बस्ने

    काठमाडौं । यसअघि दुई पटक स्थगित भइसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक भोलि (बिहीबार) बस्ने भएकाे छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा बिहान १० बजे बैठक सुरु हुने जनाइएकाे छ ।

    ६ असारमा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका नेम्बाङ आफ्नो चुनावी अभियानमा सहयोग गरेका साथीहरूलाई खुसी राख्न असफल भएका छन् ।

    चुनावमा सहयोग गरेका पूर्वअध्यक्ष गणेश थापा र जर्मन नागरिक नविन पाण्डेबीच बढ्दै गएको असन्तुष्टिका कारण पंकज चेपुवामा परेका छन् ।

    पाण्डेबाट दबाब खेप्दै आएपछि नेम्बाङले थापा समूहलाई बेवास्ता गर्दै आएका छन् । पाण्डे एन्फा राजनीतिमा हावी भएसँगै कार्यसमितिमा बहुमत भएको थापा पक्षले पाण्डेलाई बर्खास्तीको माग गरेको छ ।

    जसका कारण १९ मध्ये १३ सदस्यले हस्ताक्षर गर्दै अन्तरराष्ट्रिय विभाग प्रमुख पाण्डेको बर्खास्ती माग गरेका छन् । भोलिको बैठकमा सबैको ध्यान यसैमा हुनेछ ।

    यस्तै प्रवक्तासहित तीन सहमहासचिव, मनार्थ अध्यक्षको नियुक्त हुनेछ । महिला साफ आयोजनासमेत मुख्य विषय रहेको छ । भोलि हुने बैठकमा २२ एजेन्डा रहेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij