वेबटिभी खबर
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
प्रचण्ड र डा.भट्टराईबीच बिहीबार बिहान ९:१५ बजे हात्तिवनस्थित प्रचण्डकाे एक आफन्तको घरमा भेटवार्ता भएको हो ।
अध्यक्ष डा.भट्टराईले माओवादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई मोर्चा बनाउने र एउटै चुनाव चिन्हमा लड्ने प्रस्ताव राखेका छन् ।
डा.भट्टराईकाे उक्त प्रस्तावमा प्रचण्डले ‘सल्लाह गरौँला’ भनेकाे जसपाका एक नेताले जानकारी दिए ।
माओवादी केन्द्रले एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग मिलेर वाम समाजवादी मोर्चा बनाउन छलफल गरिरहेको छ ।
जसपाबाट अलग भएका डा.भट्टराईसहितका नेताहरूले बनाएको नेसपा पनि मोर्चामा सहभागी हुन तयार छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij