Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु

एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु

  • 438
    SHARES
  • एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु

    काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका-९ खरङगामा बिहीबार बिहान एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा पैदलयात्री संखुवासभा घर भएकी ५२ वर्षीया नमुना शेर्पा रहेकी छिन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको ना २ च ४१६१ नम्बरको एम्बुलेन्सले आज बिहान १० बजे पैदल हिडिरहेकी उनलाई ठक्कर दिएको थियो । 

    एम्बुलेन्स चालक फरार भएकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij