वेबटिभी खबर
काठमाडौं । ट्रिटन इन्टरनेसनल कलेजले टी-१० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
ट्रिटनले फाइनलमा मणिमुकुन्दलाई १ विकेटले पराजित गरेर जित हासिल गरेको हो । पहिले ब्याटिङ गरेको मणिमुकुन्दले निर्धारित १० ओभरमा ६८ रन बनाउन सफल भएको थियो । जवाफमा ट्रिटनले ९.४ ओभरमा लक्ष्य भेटाएकाे थियो ।
ट्रिटनका योगेन्द्र कार्की फाइनलको ‘म्यान अफ द म्याच’ बनेका छन् भने ट्रिटनका दिलिप नाथ ‘म्यान अफ द सिरिज’ घोषित भए । गोल्डेनगेटका सन्देश कार्की उत्कृष्ट व्याट्सम्यान, गोल्डेनगेटकै रूपेश सिंह उत्कृष्ट बलर बनेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij