Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक जारी : चुनाव तयारीबारे छलफल

कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक जारी : चुनाव तयारीबारे छलफल

  • 378
    SHARES
  • कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक जारी : चुनाव तयारीबारे छलफल

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । बैठक शनिबार बिहान ९ बजेका लागि बाेलाइए पनि साढे ९ बजेपछि मात्र सुरु भएकाे हाे ।

    पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी लगायत विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।

    बैठकमा निर्वाचनको तयारी, साउन ३० र ३१ गते हुने स्थानीय जनप्रतिनिधिको भेलाको विषयमा पनि छलफल भइरहेको छ ।

    यस्तै भदौ २ गतेदेखि २४ गतेसम्म हुने चुनावी अभियानको विषयमा पनि छलफ हुनेछ ।

    बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij