वेबटिभी खबर
काठमाडाैं । माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयमा प्रश्नपत्र हुबहु दोहोरिएको घटना छानबिनका लगि गठित समितिले प्रतिवेदन नबुझाएकोमा आपत्ति जनाएको छ ।
अध्यक्ष पञ्चा सिंहले विज्ञप्ति निकालेर छानबिनमा ढिलाई गरेर दोषीलाई उन्मुक्ति दिन खोजिएको आरोप लगाएकी छिन् ।
विज्ञप्तिमा भनिएको छ, ‘एक महिना बितिसक्दा पनि घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन सार्वजनिक गरेको छैन । कतै प्राविधिक त्रुटी भन्दै दोषीलाई भित्रभित्रै उन्मुक्ति दिने षड्यन्त्र भैरहेको त छैन ?’
क्रान्तिकारीले छानबिन समिति माथि नै छानबिन गर्नु पर्ने डरलाग्दो अवस्था निर्माण हुन थालेको समेत जनाएको छ ।
व्यवस्थापन संकायको प्रश्नपत्र दोहोरिएको घटना छानबिनका लागि बनाइएको समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि अखिल क्रान्तिकारीले माग गरेको छ ।
प्रश्नपत्र हुबहु दोहोरिने क्रम देखिएपछि त्रिविले छानबिन समिति बनाएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij