Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

फलफूल र तरकारीको बजार मूल्य

फलफूल र तरकारीको बजार मूल्य

  • 412
    SHARES
  • फलफूल र तरकारीको बजार मूल्य

    काठमाडौं । कालीमाटी फलफूल तरकारी बजार विकास समितिले सोमबार सबैभन्दा सस्तो सेतो मूलाको औसत मूल्य प्रतिकेजी १७ रूपैयाँ ३३ पैसा रहेको जनाएको छ ।

    समितिका अनुसार सबैभन्दा महंगो किवीको मूल्य प्रतिकेजी ६२५ रूपैयाँ छ । त्यस्तै प्रतिकेजी ५५० रूपैयाँ पुगेको कुरीलोको मूल्य घटेर आज प्रतिकेजी ३८० रूपैयाँ पुगेको छ ।

    अदुवाको औसत मूल्य प्रतिकेजी ६५ रूपैयाँ, अनार २९० रूपैयाँ, अमला ११५ रूपैयाँ, आभोकाडो ५२५ रूपैयाँ, आलु ५९ रूपैयाँ, मुडेको आलु ५४ रूपैयाँ, इमली १४६ रूपैयाँ ६७ पैसा, स्थानीय काउली ८६ रूपैयाँ ६७ पैसा, लोकल काक्रो ९६ रूपैयाँ, कागती २३८ रूपैयाँ छ ।

    यसैगरी अकबरे हरियो खुर्सानीको औसत मूल्य प्रतिकेजी १७५ रूपैयाँ, तराई गाजर ८६ रूपैयाँ ६७ पैसा, लोकल गाजर १०६ रूपैयाँ ६७ पैसा, गुन्द्रूक २७५ रूपैयाँ, नेपाली ठूलो गोलभेडा ५५ रूपैयाँ, टनेल सानो गोलभेडा ३५ रूपैयाँ ४० पैसा, घिरौला ४५ रूपैयाँ, चिचिण्डो २८ रूपैयाँ ३३ पैसा, चुकुन्दर ७६ रूपैयाँ ६७ पैसा, कन्य च्याउ १८० रूपैयाँ, डल्ले च्याउ ३७५ रूपैयाँ छ । 

    रहु माछा ३१६ रूपैयाँ ६७ पैसा, तोरीको साग र तितो करेला ४५ रूपैयाँ, निउरो ११६ रूपैयाँ ६७ पैसा, परवर ५७ रूपैयाँ, सुकेको प्याज ३६ रूपैयाँ, तने बोडी ६६ रूपैयाँ र ब्रोकाउली २३३ रूपैयाँ ३३ पैसा, भाटमासकोशा ६६ रूपैयाँ ६७ पैसा, भिण्डी ३५ रूपैयाँ, भुई कटहर १७५ रूपैयाँ, भेडे खुर्सानी ८६ रूपैयाँ, रायोको साग १७५ रूपैयाँ, लप्सी ५६ रूपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन १६५ रूपैयाँ, सुकेको नेपाली लसुन १२६ रूपैयाँ ६७ पैसा, सेलरी २७५ रूपैयाँ, स्कूस ४२ रूपैयाँ ५० पैसा र फूजी स्याउ २९० रूपैयाँ रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij