Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

फोहोर व्यवस्थापनका लागि दिगो समाधान खाेजाैं : पूर्वप्रधानमन्त्री डा.भट्टराई

फोहोर व्यवस्थापनका लागि दिगो समाधान खाेजाैं : पूर्वप्रधानमन्त्री डा.भट्टराई

  • 332
    SHARES
  • फोहोर व्यवस्थापनका लागि दिगो समाधान खाेजाैं : पूर्वप्रधानमन्त्री डा.भट्टराई

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले काठमाडौं उपत्यकाको फोहोर नउठेको विषयमा बोल्दै फोहोर व्यवस्थापनका लागि दिगो समाधान खोज्नुपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले फोहोरको विषयमा एकअर्काप्रति आरोपप्रत्यारोप सट्टा समन्वयनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए ।

    सोमबार साँझ ट्वीटरमा लेख्दै डा.भट्टराईले संविधानअनुसार फोहोरलगायत व्यवस्थापन स्थानीय निकायकै हुने बताए । काठमाडौं संघीय राजधानी हुनुको नाताले संघ र प्रदेशले सहयोगी भूमिक खेल्नुपर्ने डा.भट्टराईको भनाइ छ ।

    ‘काठमाडौं महानगरको फोहोर : यस्तो पनि हुन्छ र ? संविधानतः प्रमुख जिम्मा स्थानीय तहकै हुनुपर्ने ! संघीय राजधानी हुनुको नाताले संघ/प्रदेशले सहयोगी भूमिका निर्वाह गर्नुपर्ने ! हैन र ? आरोपप्रत्यारोप सट्टा समन्वयात्मक ढंगले छिटो र दिगो समाधान खोजौं,’ डा.भट्टराईले ट्वीटरमा लेखेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij