Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

नबिलले ल्यायो नेपालमै पहिलो पटक ‘नबिल फोनलोन–क्यू आर मर्चेन्ट’ सेवा

नबिलले ल्यायो नेपालमै पहिलो पटक ‘नबिल फोनलोन–क्यू आर मर्चेन्ट’ सेवा

  • 444
    SHARES
  • नबिलले ल्यायो नेपालमै पहिलो पटक ‘नबिल फोनलोन–क्यू आर मर्चेन्ट’ सेवा

    काठमाडौं । नबिल बैंकले नेपालमा पहिलो पटक आफ्ना क्यू आर मर्चेन्टलाई फोन लोनको सुविधा सुभारम्भ गरेको छ । नबिल फोनलोन–क्यू आर मर्चेन्ट नामको सेवाको सुरुवात् सँगै क्यू आर मर्चेन्टले घरमा बसी-बसी कुनै पनि धितो विना नै नबिल स्मार्ट बैकिंङ मार्फत् तुरुन्तै कर्जा पाउन सक्नेछन् ।  

    नबिल बैंकले UNCDF को सहकार्यमा साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीहरुलाई लक्षित गरेर यो सुविधा ल्याएको हो । यस सेवा अन्तर्गत कर्जा लिन चाहने व्यवसायीहरुले नबिलको क्यू आर मर्चेन्टमा एकल नाममा दर्ता भइ नबिल स्मार्ट बैकिंङ लिनुपर्नेछ । त्यसका साथसाथै अघिल्लो महिनामा पाँचवटा क्यू आर कारोबारबाट १० हजार रुपैयाँ बराबरको कारोबार गर्नुपर्नेछ । यो कारोबार पछिल्लो चार हप्तामा हरेक हप्ता भएको हुनुपर्नेछ । 

    ‘यो नबिलले ल्याएको पूर्ण रुपमा डिजिटल सेवा हो । हामीले कुनै धितो बिना नै क्यू आर कारोबारलाई आधार मानेर हाम्रा क्यू आर मर्चेन्टहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्न नेपालमा पहिलो पटक यो सुविधा ल्याएका हौं,’ बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले भने । 

    उनले यो सेवाले साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीहरुलाई आफ्नो व्यवसाय बिस्तार गर्न मद्दत पुग्ने र डिजिटल बैकिङ प्रयोग गर्न प्रेरणा मिल्ने स्पष्ट पारे ।

    सुरुवाती चरणमा व्यवसायीहरुले १ लाख रुपैयाँ सम्मको कर्जा विना धितो एक महिनाका लागि लिन सक्नेछन् । यस सुविधालाई अझ परिमार्जित गरेर कर्जा रकम तथा समय थप्दै जाने बैंकले जनाएको छ । यसभन्दा अघि नबिल बैंकले पहिलो पटक तलबी व्यक्तिका लागि बिना धितो डिजिटल कर्जा सुविधा नबिल फोन लोन ल्याएको थियो । 

    Nabil  Foneloan QR Merchant pic.jpeg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij