वेबटिभी खबर
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ ।
केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडामा बसेको उक्त बैठकले पदाधिकारीलाई अन्तिम रूप दिने विषयमा समेत छलफल गरिरहेको छ ।
केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको बैठकमा पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् ।
अध्यक्षले प्रस्ताव गरेको नाममा सहमति जुटे आजै पदाधिकारी र स्थायी कमिटीले पूर्णता पाउने एक नेताले बताए ।
यसअघि बुधबार बसेको स्थायी कमिटी बैठकले अपूर्ण रहेका केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीमा सदस्यहरू थप्ने विषयमा छलफल गरेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij