वेबटिभी खबर
काठमाडौं । कृष्ण जन्माष्टमीको अवसर पारेर शुक्रबार सुहाना थापाको फस्ट लुकसहित चलचित्र ‘भगवत गीता’को प्रदर्शन मिति घोषणा गरिएको छ ।
सुहाना थापा मुख्य भूमिकामा रहने चलचित्र सुहाना थापा प्रोडक्सनले आगामी वर्षको १ वैशाखलाई रिलिज मिति तोकेको हो ।
चलचित्रको निर्देशक झरना थापाले फेसबुकमार्फत टाइटल टिजर र मिति सार्वजनिक गरेकी छिन् ।
चलचित्र निर्मातामा सुनीलकुमार थापा रहने छन् । झरनाका अनुसार चलचित्रका लागि सुहानाको जोडी खोजी भइरहेको छ ।
चलचित्रले अन्तरजातीय प्रेमकथा बोल्नेछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij