वेबटिभी खबर
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिकाे बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले पदाधिकारी टुंगो लगाउने लगायतका महत्वपूर्ण निर्णय गर्ने नेताहरुले बताएका छन् ।
शुक्रबारको बैठकले पदाधिकारीको टुंगो लगाउन नसकेपछि आज १ बजेका लागि बैठक बोलाइएको हो ।
महाधिवेशन भएको लामो समयसम्म माओवादीले पदाधिकारीलाई पूर्णता दिन सकेको छैन ।
महासचिवका लागि मात्रै ७ जना नेताले दाबी गरेका छन् । एकै पदमा धेरैले दाबी गरेपछि पदाधिकारीको टुंगो लाग्न अध्यक्ष पुष्पकमल दाहाललाई सकस भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij